FAQs Complain Problems

वार्ड नम्बर - २

सिस्ने  गाउँपालिकामा भएको  २ नं. वडा  साबिकको प्वाङ्ग गा. वि. स. का ९ वटा वडा अन्तर्गत किदा, प्वाङ्ग, लैपातुवाङ, दत्कुना, सुद्री, नायगाढ, छिपखोला मिलेर बनेको छ । २ नं. वडा सिस्ने गाउँपालिका देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ३५९ घरधुरी छन । यस वडामा जम्मा १८७२ जना जनसंख्या रह्रेको छ भने क्षेत्रफल ६०.०९८ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न ५ घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन ५ घण्टा  समय लाग्छ ­­। नायगाढ, तिप्तरा २ नं. वडाका बजार क्षेत्रहरू रहेका छन् । गुप्त दह, सहिदपार्क (छिपखोला) र पाथिभरे बुकी पाटन यस वडाका मुख्य पर्यटकिय स्थल हुन् । २ नं. वडामा ७ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ५ वटा आधारभुत बिद्यालय, १ नि. मा. वि. र १ उच्च मा. वि. रहेको  छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा कृष्ण बहादुर खड्का निर्वाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६७९३९३३१