यस सिस्ने गाउँ कार्यापालिकाको मिति २०७७।०४।३१ गतेको निर्णयानुसार यस गाउँपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा पशुचौपाया छाडाछोडी वा लापारवाही गरी कार्यालय आसपासको क्षेत्रमा भएको बालिनाली हानीनोक्सानी गराएको पाईएमा छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन गर्न बनेको निर्देशिका २०७७ बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।