सिस्ने गाउँपालिकामा भएको ४ नं. वडा साविकको पोखरा गा. वि. स. का ५, ६ ७ ८ ९ नं. वडाहरु अन्तर्गत दादिङ्ग पुरानो ढाँका नया ढाँका काँडा अमलाचौर भिङ्ग ,रातामाटा मिलेर बनेको छ । वडा कार्यालय हाल दादिङ्ग भन्ने ठाउँमा पर्दछ । ४ नं. वडा सिस्ने गाउँपालिकादेखि उत्तर दिशामा पर्दछ । यस वडामा जम्मा ५६३ घरधुरी रहेका छन् भने क्षेत्रफल १९.३५८ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार यस वडाबाट गाउँपालिकाको केन्द्रमा पुग्न ४ घण्टा समय लाग्छ । । अमलाचौर र दादिङ्ग यस ४ नं. वडाका बजार क्षेत्रहरु हुन् । तातोपानी, कमलजैसी मन्दिर यस वडाका मुख्य पर्यटकिय स्थल हुन् । ४ नं. वडामा ६ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ५ वटा आधारभुत बिद्यालय, १ मा. वि. रहेको छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दलराज घर्ती निर्वाचित हुनु भएको छ ।
वार्ड नम्बर - ४
Ward Contact Number:
९८६६८७३४६३