FAQs Complain Problems

वार्ड नम्बर - ४

सिस्ने गाउँपालिकामा भएको ४ नं. वडा साविकको पोखरा गा. वि. स. का ५, ६ ७ ८ ९ नं. वडाहरु अन्तर्गत दादिङ्ग पुरानो ढाँका नया ढाँका काँडा  अमलाचौर भिङ्ग ,रातामाटा  मिलेर बनेको छ । वडा कार्यालय हाल दादिङ्ग भन्ने ठाउँमा पर्दछ ।  ४ नं. वडा सिस्ने गाउँपालिकादेखि उत्तर दिशामा पर्दछ । यस वडामा जम्मा ५६३ घरधुरी रहेका छन् भने क्षेत्रफल १९.३५८ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार यस वडाबाट गाउँपालिकाको केन्द्रमा पुग्न ४ घण्टा समय लाग्छ । । अमलाचौर र दादिङ्ग यस ४ नं. वडाका बजार क्षेत्रहरु हुन् । तातोपानी, कमलजैसी मन्दिर यस वडाका मुख्य पर्यटकिय स्थल हुन् । ४ नं. वडामा ६ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ५ वटा आधारभुत बिद्यालय, १ मा. वि. रहेको  छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा दलराज घर्ती निर्वाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६६८७३४६३