सिस्ने गाउँपालिकाद्धारा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ पर्व २०७८ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ती, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम (पूर्व) मा आगामी आर्थिक वर्ष २०७७।०७८ को विनियोजन ऐन २०७७, आर्थिक ऐन २०७७ र बार्षिक विकास कार्यक्रम २०७७।०७८ गाउँपालिकाको गाउँ सभा २०७७।०३।२६ गतेका दिन सर्वसम्मीतीले पारित गरिएको छ।
यस सिस्ने गाउँपालिकाको सभा हलमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यस्थापन सूचना प्रणाली सम्बन्धी ३ दिने तालिम मिति २०७७।०३।१३ देखि २०७७।०३।१५ सम्म सम्पन्न भएको छ। जसमा स्थानीय पञ्जिकाधीकारीहरुलाई व्यस्थापन सूचना प्रणाली (M.I.S) र पञ्जिकरण सम्बन्धी अभिमुखिकरण तालिम यस सिस्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अच्युत पन्थीले दिनुभएको थियो र सो तालिम प्राप्त गरेपछी ईन्टरनेटको पहुँच भएका वडाहरुमा वडाकै पञ्जिकाधीकारीहरुले सामाजिक सुरक्षा भत्ता प्रविष्ट गर्नुका साथै व्यक्तिगत घटना दर्ता गर्न वडाबाट सक्षम हुनु हुनेछ भन्ने आशा गरिएको छ।