सिस्ने गाउँपालिकामा भएको ७ नं. वडा साविकको स्यालापाखा गा. वि. स. का ३ वटा वडा कार्यालय अन्तर्गत चिसापानी, सान्चौर, नाथिगाड, घरेली, कानेबाङ्ग र गौठिचौर मिलेर बनेको छ, जसको क्षेत्रफल १०.२७८ वर्ग कि. मी. रहेको छ । ७ नं. वडा सिस्ने गाउँपालिका देखि पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा २९६ घरधुरी छन् । यस वडामा पुरुष ६२८ र महिला ७३२ गरि जम्मा १३६० जना जनसंख्या रहेको छ । यस वडाबाट गाउँपालिकाको केन्द्रमा पुग्न पैदल २ घण्टा ३० मिनेट र सवारी साधनबाट ४५ मिनेट लाग्छ । सिस्नेरी, नाथिगाड वडा नं. २ मा पर्ने मुख्य बजार क्षेत्रहरु हुन् भने नौधारी छहरा र देवरकाजी मन्दिर पर्यटकीय स्थल हुन् । ७ नं. वडामा ३ वटा आधारभुत विद्यालयहरु रहेका छन् । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा शसिधर बुढा निर्वाचित हुनु भएको छ ।
Ward Contact Number:
९८६६९२६३८७