FAQs Complain Problems

वार्ड नम्बर - ७

सिस्ने गाउँपालिकामा भएको ७ नं. वडा साविकको स्यालापाखा गा. वि. स. का ३ वटा वडा कार्यालय अन्तर्गत चिसापानी, सान्चौर, नाथिगाड, घरेली, कानेबाङ्ग र गौठिचौर मिलेर बनेको छ, जसको क्षेत्रफल १०.२७८ वर्ग कि. मी. रहेको छ । ७ नं. वडा सिस्ने गाउँपालिका देखि पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा २९६ घरधुरी छन् । यस वडामा पुरुष ६२८ र महिला ७३२ गरि जम्मा १३६० जना जनसंख्या रहेको छ ।  यस वडाबाट गाउँपालिकाको केन्द्रमा पुग्न पैदल २ घण्टा ३० मिनेट र सवारी साधनबाट ४५ मिनेट लाग्छ । सिस्नेरी, नाथिगाड वडा नं. २ मा पर्ने मुख्य बजार क्षेत्रहरु हुन् भने नौधारी छहरा र देवरकाजी मन्दिर पर्यटकीय स्थल हुन् । ७ नं. वडामा ३ वटा आधारभुत विद्यालयहरु रहेका छन् । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा शसिधर बुढा निर्वाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६६९२६३८७