यस सिस्ने गाउँपालिकाको कार्यालय रुकुमकोट रुकुम (पूर्व) मा आगामी आर्थिक वर्ष २०७७।०७८ को विनियोजन ऐन २०७७, आर्थिक ऐन २०७७ र बार्षिक विकास कार्यक्रम २०७७।०७८ गाउँपालिकाको गाउँ सभा २०७७।०३।२६ गतेका दिन सर्वसम्मीतीले पारित गरिएको छ।
यस सिस्ने गाउँपालिकाको सभा हलमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यस्थापन सूचना प्रणाली सम्बन्धी ३ दिने तालिम मिति २०७७।०३।१३ देखि २०७७।०३।१५ सम्म सम्पन्न भएको छ। जसमा स्थानीय पञ्जिकाधीकारीहरुलाई व्यस्थापन सूचना प्रणाली (M.I.S) र पञ्जिकरण सम्बन्धी अभिमुखिकरण तालिम यस सिस्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अच्युत पन्थीले दिनुभएको थियो र सो तालिम प्राप्त गरेपछी ईन्टरनेटको पहुँच भएका वडाहरुमा वडाकै पञ्जिकाधीकारीहरुले सामाजिक सुरक्षा भत्ता प्रविष्ट गर्नुका साथै व्यक्तिगत घटना दर्ता गर्न वडाबाट सक्षम हुनु हुनेछ भन्ने आशा गरिएको छ।
“ लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्विकार " भन्ने मूल नाराका साथ सिस्ने गाउँपालिका रुकुम पूर्वको आयोजना र जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) को महिला सेलको साझेदारीमा सञ्चालित लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान २०१८ ( नोभेम्बर २५ देखि डिसेम्बर १०) को आज पहिलो दिनको कार्यक्रममा सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठ ज्यूबाट सञ्चालन र गाउँपालिका अध्यक्ष कुमारी बराल ज्यूबाट समापन भएको छ ।
यस सिस्ने गाउँपालिकाको मिति २०७५/०८/०५ गते सिस्ने गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७५, सिस्ने गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, सिस्ने गाउँपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५, अल्या बजेट खर्च प्रस्ताव र सिस्ने गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी मापदण्ड २०७४ सर्वसम्मतिले गाउँसभाबाट पास गरेको छ ।