सिस्ने गाउँपालिकाले तेस्रो गाउँसभा संचालन सम्बन्धि आ.ब. २०७५/०७६ का लागि यहि मिति २०७५/०३/१० गते तपशिल बमोजिमका निर्णयहरु गरेको छ|
निर्णय नं.-१
सिस्ने गाउँपालिकाले आ.ब. २०७४/०७५ मा संचालन गरेका बिकास योजना लगायत गाउँपालिकाको समग्र सेवा प्रबाह सम्बन्धमा समिक्षा गरियो |
निर्णय नं.-२
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम प्रत्येक गाउँपालिकाले आगामी आर्थिक बर्षको राजश्व र व्यय (बजेट) को अनुमान असार १० गते भित्र सभामा पेश गर्नु पर्ने व्यवस्था भएकोले यस सिस्ने गाउँपालिकाको आ.ब. २०७५/०७६ को राजश्व र ब्यय (बजेट) को अनुमान पेश गर्न यहि मिति २०७५/०३/१० गते दिनको ३ बजे सिस्ने गाउँपालिकाको तेस्रो सभाको आव्हान गरी र सोही बमोजिम गाउँ सभाको बजेट अधिबेशन/ बैठक निर्णय गरियो |
निर्णय नं.-३
यस सिस्ने गाउँपालिकाको आ.ब. २०७५/०७६ को नीति तथा कार्यक्रम, आर्थिक बिधेयक २०७५, बिनियोजन बिधेयक २०७५, तथा आ.ब. २०७५/०७६ को राजश्व र ब्यय (बजेट) को अनुमान लाई मिति २०७५/०३/१० गते दिनको ३ बजे बस्ने सिस्ने गाउँपालिकाको तेस्रो सभामा विधिवत पेश गरी स्वीकृति प्रदान गर्यो |
निर्णय नं.-४
यस सिस्ने गाउँ पालिकाबाट आ.ब. २०७४/०७५ मा स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत कार्य संचालन भै सकेका तथा भैरहेका योजनाहरुको कार्य सम्पन्न गरी भुक्तानी लिन यहि मिति २०७५/०३/१८ गते भित्र आवश्यक कागजात सहित-यस कार्यालयमा आउन सम्बन्धित उपभोक्ता समितिहरुलाई जानकारी र सहजिकरण गर्ने निर्णय गरियो |
निर्णय नं.-५
सिस्ने गाउँपालिकाले गरेका काम कारवाहीको सन्दर्भमा नागरिक तहमा सूसूचना गरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न सुशासन ऐन, सूचनाको हक सम्बन्धि ऐन लगायतका प्रावधानको मर्म बमोजिम मिति.सार्बजनिक सुनुवाई गर्ने निर्णय गरियो |
निर्णय नं.-६
गाउँपालिकाको समग्र बिषयमा चालु बर्षको समिक्षा र आगामी बर्षका लागि योजना निर्माणका लागि राय सुझाव र पृष्ठ पोषणका लागि गाउँपालिका समेत राजनीतिक दल, बिषयगत कार्यालय, आम उपभोक्ता, लगायतका सरोकारवालाहरुको उपस्थितिमा मिति २०७५/०३/२१ गते अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय गरियो |
निर्णय नं.-७
सिस्ने गाउँपालिकाको “यान्त्रिक उपकरण संचालन सम्बन्धि कार्यविधि २०७५ ” लाई पारित गरी कार्यान्वयन गर्ने निर्णय गरियो |
निर्णय नं.-८
सिस्ने गाउँसभामा आज पेश गरिएका आर्थिक बिधेयक २०७५; बिनियोजन बिधेयक २०७५ र आ.ब. २०७५/०७६ को राजश्व तथा ब्यय (बजेट) को अनुमानका सन्दर्भमा आवश्यक छलफल तथा पारित गर्न यहि मिति २०७५/०३/२८ गते पुन: सभाको बैठक बस्ने निर्णय गरियो |