यस सिस्ने गाउँपालिकाको आ.व. २०७५/०७६ बाट स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका क्षेत्रभित्र बहुउद्देश्यीय हल सहितको गाउँपालिका भवन, वडा कार्यालय (४ र ७ नं. वडाको ) भवन निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयारको निम्ति समग्र प्राविधिक तथा आर्थिक प्रस्तावको मुल्याङ्कन समितिको मिति २०७५/०७/०८ गतेको निर्णय अनुसार Next Consultant Pvt. Ltd., Kathmandu को प्रस्ताव स्विकृत भएकोले सम्झौताका लागि १५ दिन भित्र सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।