प्रस्तुत विषयमा सिस्ने गाउँपालिकाको आ. व. २०७६/०७७ को स्विकृत बार्षीक कार्यक्रम अनुसार नेपाल सरकार शसर्त अनुदानमा माटो सुधार सेवा आयोजना शिर्षकमा हस्तान्तरीत बजेटबाट समुह तथा सहकारीमा आधारित ५०% अनुदानमा भकारो सुधार कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकोले सिस्ने गाउँपालिका भित्रका इच्छुक कृषि सहकारी तथा कृषक समूहको लागि सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस गाउँपालिकाको कार्यालयमा तपशिलका कागजात सहित आवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ ।