सिस्ने गाउँपालिकामा भएको २ नं. वडा साबिकको प्वाङ्ग गा. वि. स. का ९ वटा वडा अन्तर्गत किदा, प्वाङ्ग, लैपातुवाङ, दत्कुना, सुद्री, नायगाढ, छिपखोला मिलेर बनेको छ । २ नं. वडा सिस्ने गाउँपालिका देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ३५९ घरधुरी छन । यस वडामा जम्मा १८७२ जना जनसंख्या रह्रेको छ भने क्षेत्रफल ६०.०९८ वर्ग कि. मी. रहेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न ५ घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन ५ घण्टा समय लाग्छ । नायगाढ, तिप्तरा २ नं. वडाका बजार क्षेत्रहरू रहेका छन् । गुप्त दह, सहिदपार्क (छिपखोला) र पाथिभरे बुकी पाटन यस वडाका मुख्य पर्यटकिय स्थल हुन् । २ नं. वडामा ७ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ५ वटा आधारभुत बिद्यालय, १ नि. मा. वि. र १ उच्च मा. वि. रहेको छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा कृष्ण बहादुर खड्का निर्वाचित हुनु भएको छ ।
वार्ड नम्बर - २
Ward Contact Number:
९८६७९३९३३१