सिस्ने गाउँपालिकामा भएको ५ नं. वडा साविकको रुकुमकोट गा. वि. स. को १, ३, ७ र ९ नं. वडाहरु मिलेर बनेको छ । वडा कार्यालय हाल रुकुमकोटको बाहुनठाना भन्ने ठाउँमा छ । यस वडामा जम्मा ५६६ घरधुरी र २४७४ जनसङ्ख्या रहेको छ, जसमध्ये पुरुषको सङ्ख्या ११३५ र महिलाको सङ्ख्या ११३९ रहेको छ भने क्षेत्रफल २८.७२२ वर्ग कि. मी. रहेको छ । यस वडामा ५ वटा सरकारी विद्यालय र १ निजि विद्यालय रहेका छन्, जसमध्ये २ वटा मा. वि., ३ प्रा. वि. र १ प्रा. वि. (निजि तर्फ) रहेका छन् । यस वडाको मुख्य बजार क्षेत्र चोक बजार हो भने, कमलदह, द्धन्दस्थल, सहिदपार्क झुम्कामारे, देउराली गुफा, कोट दरबार, बोक्से झार आदि पर्यटक स्थल हुन् । यस वडाबाट स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा बिरेन्द्र बस्नेत निर्बाचित हुनु भएको छ ।
Ward Contact Number:
९८६४९८२३६८