सिस्ने गाउँपालिकाको मिति २०७५/०२/२९ का दिन बसेको बैठकले तपशिल बमोजिमको बिषयहरुमा सर्बसम्मत निर्णय गरेको छ:
- चालु आ.ब. २०७४/२०७५ मा हाल सम्म भएका विकास निर्माणका कार्यको समिक्षा
- आगामी आर्थिक वर्ष २०७५/२०७६ को लागि आवश्यक बजेट निर्माणको लागि सम्पूर्ण जनप्रतिनिधि एबं सरोकारवालाहरु सँग सहकार्य गर्ने
- गाउँसभामा आर्थिक बजेट निर्माणका लागि असार ८ गते भित्र कार्यपालिकाको बैठक सम्पन्न गर्नुपर्ने
- यस जिल्लाको जिल्ला अदालत भवनको लागि सिस्ने गाउँपालिका वडा न-५ को "चिन्ने चौर" भन्ने स्थान जिल्ला अदालतको लागि उपयुत्त स्थान छनोट गर्दै आवश्यकता बमोजिम जग्गा उपलब्ध गराउने
- सिस्ने गाउँपालिकाले सार्वजनिक स्थलमा रहेका घर-टहरा हटाउन पटक पटक ताकेता गर्दा पनि कार्यन्वयन हुन नसकेको हुँदा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराई तत्काल निर्णय कार्यन्वयन गर्न जिल्ला प्रहरी कार्यालयको सहयोग लिने
- यस सिस्ने गाउँपालिका अन्तर्गत रहेको बालुवा-त्रिवेणी सडक खण्डमा रहेको बालुवा खोलामा ह्यूम पाइप राखी सडक सुचारु गर्ने
- जिल्ला प्रहरी कार्यालयको लागि थप जग्गा उपलब्ध गराउने
- हालसम्म Backhoe loader प्रयोगमा नआएको हुनाले त्यसलाई संचालन गर्नको लागि १ जना चालक खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने