FAQs Complain Problems

वार्ड नम्बर - ८

सिस्ने  गाउँपालिकामा भएको ८ नं. वडा  साबिकको स्यालापाखा गा. वि. स. का ४ वटा वडा अन्तर्गत स्यालापाखा, भुरुङ्गा, लम्पाकोट झिमखोला मिलेर बनेको छ, जसको क्षेत्रफल १६.५१७ वर्ग कि. मी. रहेको छ  । ८ नं. वडा सिस्ने गाउँपालिका देखि पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा ३५३ घरधुरी छन । यस वडामा पुरुष ७७१ र महिला ८८८ गरि जम्मा १६५९ जना जनसंख्या रह्रेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार  यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न पैदलबाट ३ घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन ४ घण्टा  समय लाग्छ ­­। ८ नं. वडाका बजार क्षेत्र धपे रहेको छ । हुर्दुम्म, छहरा यस वडाका मुख्य पर्यटकिय स्थलहरु हुन् । यस ८ नं. वडामा ४ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ३ वटा आधारभुत बिद्यालय, १ मा. वि. रहेको  छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा गोपाल पुन निर्वाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८४००९९५८७