सिस्ने गाउँपालिकामा भएको ८ नं. वडा साबिकको स्यालापाखा गा. वि. स. का ४ वटा वडा अन्तर्गत स्यालापाखा, भुरुङ्गा, लम्पाकोट झिमखोला मिलेर बनेको छ, जसको क्षेत्रफल १६.५१७ वर्ग कि. मी. रहेको छ । ८ नं. वडा सिस्ने गाउँपालिका देखि पश्चिम दिशामा पर्दछ । यस वडामा जम्मा ३५३ घरधुरी छन । यस वडामा पुरुष ७७१ र महिला ८८८ गरि जम्मा १६५९ जना जनसंख्या रह्रेको छ । जिल्ला समन्वय समिति २०७३ अनुसार यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न पैदलबाट ३ घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन ४ घण्टा समय लाग्छ । ८ नं. वडाका बजार क्षेत्र धपे रहेको छ । हुर्दुम्म, छहरा यस वडाका मुख्य पर्यटकिय स्थलहरु हुन् । यस ८ नं. वडामा ४ वटा सरकारी बिद्यालय रहेका छन, जस मध्ये ३ वटा आधारभुत बिद्यालय, १ मा. वि. रहेको छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा गोपाल पुन निर्वाचित हुनु भएको छ ।
वार्ड नम्बर - ८
Ward Contact Number:
९८४००९९५८७