FAQs Complain Problems

वार्ड नम्बर - ६

सिस्ने गाउँपालिकामा भएको ६ नं. वडा साविकको रुकुमकोट गा. वि. स. का ४ (३,७,५ र ६) वटा वडा अन्तर्गत बाहुनडेरा, आला, ढकालबारा र खोपिचार गाउँ मिलेर बनेको छ भने क्षेत्रफल ६.८३९ वर्ग कि. मी. रहेको छ । वडा कार्यालय हाल रुकुमकोटको छिप्रिदह भन्ने ठाउँमा छ । यस ६ नं. वडा सिस्ने गाउँपालिकादेखि उत्तर दिशामा पर्दछ । यस वडामा जम्मा ५५० घरधुरी र २४३१ जनसङ्ख्या रहेका छन्, जसमध्ये पुरुषको सङ्ख्या ११४३ र महिलाको सङ्ख्या १२७० रहेका छन् । यस वडाबाट सिस्ने गाउँपालिकाको कार्यालयसम्म पुग्न २० मिनेट लाग्छ । यस वडामा १ मा.वि. र २ आधारभुत विद्यालय रहेका छन् । छिप्रिदह यस वडाको मुख्य क्षेत्र हो भने लुस्पा सप्तऋषि मन्दिर वडाको मुख्य पर्यटकिय स्थल हुन् । यस वडा बाट स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा पूर्ण बहादुर मल्ल निर्वाचित हुनु भएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Ward Contact Number: 
९८६८०३४०१८